गाेरखाकाे ५ पालिकाकाे नतिजा सार्वजनिक
गोरखा जिल्लाकाे ११ स्थानीय तहमध्ये ५ वटाकाे नतिजा सार्वजनिक भएकाे छ । जसमध्ये ४ वटा पालिकामा नेकपा माओवादी केन्द्रले विजय हाँसिल गरेकाे छ भने १ पालिकामा कांग्रेस विजयी भएकाे छ ।
गाेरखाकाे बारपाक सुलिकाेट, अजिरकाेट, सहिद लखन र भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।
बारपाक सुलिकाेट बिष्णु भट्ट, अजिरकाेटमा दिपक देवकाेटा, सहिद लखनमा रमेशबाबु थापामगर र भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा लोकप्रसाद बञ्जरा बिजयी हुनुभएकाे हाे । त्यस्तै आरूघाट गाउँपालिकाकाे अध्यक्षमा भने प्रतिस्पर्धी एमालेका उम्मेदवारलाइ हराउँदै कांग्रेसका राजु गुरुङ विजयी हुनुभएकाे छ ।
२०७४ काे स्थानीय निर्वाचनमा गाेरखा जिल्लामा बारपाक सुलिकाेट र सहिद लखन बाहेक अन्य पालिकामा भने नेपाली कांग्रेस विजयी बनेकाे थियाे । मतगणना भइरहेका २ नगरपालिका र ३ पालिका मध्ये ४ वटामा पनि माओवादी केन्द्रकाे अग्रता छ ।

