एसपिपीमा नेपाल सहभागी नहुने

अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा नेपाल सहभागी नहुने भएकाे छ ।

परराष्ट्र मन्त्री नारायण खड्काले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सँग सम्बन्धित सैन्य सम्झौता प्रस्ताव अगाडि नबढाउने बताउनुभएकाे हाे ।

यद्यपि अमेरिकाले याे प्राेग्रामका लागि सम्झाैता आवश्यक नहुने र नेपालकाे प्रस्ताव अनुसार कार्यान्वयनकाे चरणमा पुगेकाे बताएकाे थियाे । साथै नेपालले चाहेमा उक्त प्राेग्रामबाट बाहिरिन सक्ने पनि अमेरिकाले दूतावास मार्फत् स्पष्ट पारेकाे छ ।

शुक्रबार भएकाे प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खड्काले एसपिपीसँग सम्बन्धित सैन्य सम्झौता प्रस्ताव नेपाललाई स्वीकार्य नभएकाे र अगाडि नबढ्ने बताउनुभएकाे हाे ।

उहाँले उक्त प्राेग्राम नेपालकाे राष्ट्रिय हितमा नभएकाले अगाडि नबढाइने उल्लेख गर्नुभयाे ।

प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले पनि एसपीपी कार्यान्वयन हुँदैन भनेर स्पष्ट पारिसकेकाले थप द्विविधा राख्न नहुने उहाँकाे भनाइ थियाे ।

Facebook Comments