एकै दिनमा १० हजार बढी संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्ला दिनमा संक्रमितकाे संख्या बढिरहेपनि मंगलबार भने १० हजार २ सय ५८ जनामा काेराेना संक्रमण पुष्टी भएकाे हाे । साेमबार ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको थियाे ।

Facebook Comments