नारायणगढ-मुग्लिङ सडक खण्डमा सुख्खा पहिराे, सडक अवरूद्ध

चितवनको चारकिलो भन्ने ठाउँमा सुख्खा पहिरो खसेकाे छ । जसका कारण नारायणगढ-मुग्लिङ सडक खण्डमा सवारी अावागमन पूर्ण रूपमा अवरूद्ध भएको छ।

प्रहरीका अनुसार शनिबार साढे ११ बजेतिर इच्छाकामना-६ चारकिलोमा सुख्खा पहिरो झरेको हो। इलाका प्रहरी कार्यालय मुग्लिङ र सडक कार्यालयको समन्वयमा अवरोध हटाउन सुरू भएकाे छ । पहिराे ठूलाे रहेकाले सडक सञ्चालनमा हुन केही घण्टा लाग्न सक्ने पनि प्रहरीले जनाएकाे छ ।

सडक विस्तारपछि साे सडक खण्डमा पटक पटक सुख्खा पहिराेले सडक अवरूद्ध हुने गरेकाे छ ।

Facebook Comments