काेराेना परीक्षण शुल्क घट्याे, हवाई यात्रामा खोप कार्ड देखाए पुग्ने
सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो ।
यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो ।
यसैवीच आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको भए पनि यो छोटो दूरीको हवाई यात्रामा अव्यवहारिक हुने भन्दै गृह मन्त्रालयले खाेप कार्डका देखाए यात्रा गर्न सक्ने सहमति दिएकाे हाे ।
Facebook Comments

