टी-२० विश्वकप छनोट ग्लोवल क्वालिफायर फिलिपिन्समाथि नेपालकाे सानदार जीत
टी-२० विश्वकप छनोट ग्लोवल क्वालिफायरमा नेपालले फिलिपिन्समाथि सानदार जित निकालेकाे छ । नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गर्दै टी-२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ ।
ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २ सय १९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित निकालेको हो ।
दुई खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुग्न सफल भएका छ । यसअघि नेपालले घरेलु टाेली ओमानमाथि ३९ रनकाे जित निकालेकाे थियाे ।
Facebook Comments

