थप २३ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २५४ जनाको पीसीआर परीक्षणमा १८ जना र ७७३ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले यस अवधिमा मृत्यु शुन्य कोरोना रहेकाे जनाएकाे छ ।
हाल देशभर १०८ जना सक्रिय संक्रमित रहेकाे पनि मन्त्रालयले उल्लेख गरेकाे छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना संक्रमणमुक्त भएका छन् ।
Facebook Comments

