माओवादी केन्द्रको स्थायी कमिटी बैठकः पदाधिकारी चयन गरिदैं

नेकपा माओवादी केन्द्रले महाधिवेशन भएकाे ८ महिनापछि पदाधिकारी चयन गर्न लागेकाे छ । पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी चयनका लागि नाम प्रस्ताव गर्ने बताइएकाे छ ।

शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालयमा स्थायी समिति बैठक बसिरहेकाे छ । यसअघिकाे स्थायी समिति बैठकले पदाधिकारी चयनका लागि नाम प्रस्ताव गर्ने जिम्मा प्रचण्डलाइ नै दिएकाे थियाे ।

५ उपाध्यक्षहरुमा दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको सम्भावना छ ।

श्राेतका अनुसार पार्टीकाे महासचिवमा देव गुरुङ, उपमहासचिवमा वर्षमान पुन र जनार्दन शर्मा तथा गिरिराजमणि पोखरेलकाे चर्चा छ ।

माओवादी केन्द्रले यसअघि नै नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्षकाे जिम्मेवारी दिइसकेकाे छ । छिट्टै विशेष महाधिवेशन गर्ने प्रचण्डकाे प्रस्तावले अहिले चयन हुने पदाधिकारीकाे कार्यकाल छाेटाे हुने अनुमान छ । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचनपछि विशेष महाधिवेशन गर्ने प्रचण्डकाे प्रस्ताव छ ।

Facebook Comments