इन्धनकाे मुल्यमा भारी वृद्धि 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी  गरेको छ । निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेकाे हाे ।

निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गर्दै मुल्य वृद्धि गर्दा पनि कराेडाैं नाेक्सान हुने भन्दै विज्ञप्ति जारी गरेकाे छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलकाे मुल्य प्रतिलिटर १९२ पुगेकाे छ ।

निगमले हवाई इन्धनमा भने नाफा हुने जनाएकाे छ । मुल्य वृद्धि गर्दा समेत मासिक ४ अर्व सत्तरी कराेड घाटा हुने र असार मसान्त सम्ममा करिव ५५ अर्व सञ्चित नाेक्सानी पुग्ने अुनमान निगमले गरेकाे छ ।

Facebook Comments