सरकारले एसपिपी लागू नगर्ने अमेरिकालाई पत्र लेख्ने

नेपालले पछिल्लाे समय विवाद र बहस सिर्जना गरेकाे अमेरिकाकाे स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने निर्णय गरेकाे छ ।

साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले एसपिपिमा नेपाल सहभागी नहुने भन्दै लागू नगर्नका लागि अमेरिकालाई पत्र लेख्ने निर्णय गरेकाे हाे ।  

नेपाली सेनाले एसपिपीमा सहभागी हुन सन् २०१५ र २०१७ मा निवेदन दिएको र अमेरिकाले सन् २०१९ मा निवेदन स्वीकृत गरेको  अमेरिकी दूताबासले जनाएकाे थियाे । साथै अमेरिकाले नेपाल अनिच्छुक भएमा जानकारी दिएर एसपिपीबाट अलग हुन सक्ने समेत जनाएकाे थियाे ।

नेपाली सेनाले भने सैन्य गठबन्धनका लागि नभइ सन् २०१५ मा आएको भुइँचालोपछि नेपालले मानवीय सहायता र प्राकृतिक प्रकोपसँग जुध्न सहयाेगका लागि पत्राचार गरिएकाे उल्लेख गरेकेा छ ।

नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग सम्बन्धित स्टेट पार्टनरसिप प्रोग्राममा सहभागिताका लागि दिएकाे निवेदन सार्वजनिक भएपछि राजनीतिक दलहरूवीच विवाद बढेकाे थियाे भने एक अर्काे दलवीच अाराेप प्रत्याराेप भएकाे थियाे ।

केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ कात्तिकमा एसपिपीका लागि पत्र लेखिएको थियो। पछि उक्त पत्रबारे सैनिक नेतृत्वले जानकारी नदिएकाे दावी एमालेले गरेकाे थियाे ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माकाे अमेरिका भ्रमणका दाैरान एसपिपीबारे समेत सम्झाैता हुने प्रस्तावका कारण केही दिनयता विवाद बढेकाे थियाे । सबैजसाे राजनीतिक दल एसपिपीकाे विपक्षमा देखिएपछि सरकारले उक्त प्राेग्राममा सहभागी नहुने पत्राचार गर्न लागेकाे हाे ।

Facebook Comments