वामदेव गौतम पुनः वाम एकताका लागि सक्रिय

हाल कुनै पार्टीमा सक्रिय नभएपनि राष्ट्रियसभाका सदस्य बामदेव गाैतमले बाम एकताका लागि पुनः पहल सक्रियता बढाउनुभएकाे छ ।

नेकपा एमाले र नेकपामा समेत शीर्ष नेता रहनुभएका गौतमले वाम एकताका लागि दबाब दिनकै लागि असार ११ गते राष्ट्रिय भेला बोलाउनुभएकाे छ ।

नेकपामा विवाद हुँदा पनि नेता गाैतमले यस्तै अभियान चलाउनुभएकाे थियाे । सर्वाेच्च अदालतकाे फैसलापछि नेकपा विभाजन भइ माअाेवादी केन्द्र र एमाले बनेपछि गाैतम निष्क्रिय भइ बाम एकताकाे पक्षमा अभियान चलाउनुभएकाे थियाे ।

एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि भने गाैतम पूर्ण रूपमा निष्क्रिय बन्नुभएकाे थियाे । ललितपुर हुने राष्ट्रिय भेलामा गाैतम निकट कार्यकर्ताहरू आउने बताइएको छ।

‘

Facebook Comments