श्रीलंकाकाे नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे चयन

श्रीलंकाकाे नयाँ राष्ट्रपतिमा अन्तरिम राष्ट्रपति समेत रहनुभएका रनिल विक्रमासिंघे चयन हुनुभएकाे छ ।

ठूलो आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा नागरिककाे तीव्र असन्ताेषका बाबजुद विक्रमासिंघे राष्ट्रपतिमा चयन हुनुभएकाे हाे । विक्रमासिंघे पनि राजापक्षे परिवारसँग निकट रहेकाे कतिपयकाे विश्वास छ । हुन पनि राजापक्षे समर्थक सांसदहरूकाे सहयाेगमा उहाँ राष्ट्रपतिमा चयन हुनुभएकाे हाे ।

राजापक्षे परिवारका कारण श्रीलंका आर्थिक संकटमा फसेकाे अधिकांशकाे ठहर छ । जसका कारण गाेटावाय राजापक्षे राष्ट्रपति पदमा वहाल रहेकै बेला मुलुक छाडेर भाग्नुपरेकाे थियाे । अर्थतन्त्रकाे संकटसँगै श्रीलंकामा राजनीतिक संकट पनि गहिरिएकाे छ ।

बुधबार संसदमा भएको चुनावबाट ७३ वर्षका रनिल विक्रमासिंघे नयाँ राष्ट्रपति चुनिनुभएकाे हाे । सदर भएको २१९ मध्ये विक्रमासिंघेले १३४ मत पाउनुभएकाे हाे ।

श्रीलंकामा अहिले दैनिक उपभाेग्य सामाग्रीकाे चरम अभाव छ भने वैदेसिक ऋण तिर्न नसक्ने अवस्थामा पुगेकाे छ ।

Facebook Comments