थप ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ५ हजार २ सय २५ पीसीआर परीक्षणमा २ सय ४७ र दुई हजार ९ सय १५ एन्टिजेन परीक्षणमा १ सय ४१ जना गरी ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार २ सय ५ जना संक्रमणमुक्त भएकाे र कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको जनाएकाे छ ।

सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १४ हजार ५ सय ४४ पुगेको छ । हालसम्म नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९ सय २५ पुगेको छ भने ९ लाख ५२ हजार ५ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्ला दिनमा संक्रमणदर भने घटेकाे छ । संक्रमण घटेसँगै शिक्षण संस्था तथा सार्वजनिक संस्थाहरू सञ्चालनमा गरिएकाे राेकावट खुलेकाे छ ।

Facebook Comments