नेकपा (एकीकृत समाजवादी)ले एमसिसीको विपक्षमा मतदान गर्ने
सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौताको विपक्षमा मतदान गर्ने भएकाे छ ।
साेमबार बसेकाे सचिवालय बैठकले एमसिसीकाे विपक्षमा मतदान गर्ने निर्णय गरेकाे हाे ।
सोमबार बिजुली बजारस्थित प्रुडेन्सियल कलेजमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जारी गर्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।
‘मिति २०७८ फागुन ८ गते प्रतिनिधि सभामा पेस गरिएको एमसिसी सम्बन्धी प्रस्तावको विपक्षमा रहने,’ विज्ञप्तिमा जनाइएकाे छ । साथै एमसिसीकाे विराेधमा भएकाे प्रदर्शनमा घाइते भएकाहरूकाे उपचारकाे माग गर्दै स्वास्थ्य लाभकाे कामना समेत नेकपा एकीकृत समाजादी पार्टीले गरेकाे छ।

Facebook Comments

