शिक्षा सम्झौंता संघीयता विपरीत छैनः मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग भएको सम्झौता संघियता विपरीत नभएको स्पष्ट पार्नु भएको छ । केही विज्ञहरुले सम्झौतालाई लिएर अनावश्यक टिप्पणी गरेको वताउँदै, मन्त्री पौडेलले विद्यालय शिक्षालाई सुर्धान ५१ वुँदे सम्झौंता गरेको हुँदा त्यसलाई गहिरोसँग अध्ययन गर्न विज्ञलाई सुझाव समेत दिनुभयो ।
पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी मा विको हीरक जयन्तीकोसोमवार उद्घाटन गर्दै मन्त्री पौडेलले सामुदायिक विद्यालयलाई गुणस्तरीय वनाएर मात्रै, निजी विद्यालयलाई गाँभ्ने गरी राज्यले निती ल्याउन लागेको वताउनुभयो ।उहाँले ५१ वँुदे शिक्षा सुधारले तीनवटै तहको शिक्षालाई थप गुणस्तरीय वनाउने विश्वास व्यक्त गर्नुभयो ।
अर्को वर्षदेखि एसइइ परीक्षा प्रदेशवाटै संचालन हुने वताउदै, मन्त्री पोैेडेलले कोभिडलाई देखाएर शैक्षिक सत्र परिवर्तन नहुने पनि स्पष्ट पार्नुभयो ।
प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको संचालन सहायक प्र.अ राम व. वानियाले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीले विभिन्न नृत्य सहित संस्कृति प्रदायक प्रस्तुती प्रस्तुत गरेका थिए । विद्यालयले हीरक जयन्ती विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।

