पूर्वकाे धरान र पश्चिमकाे धनगढीमा स्वतन्त्र उम्मेदवार अगाडि

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालकाे जित निश्चित

यसअगाडिका निर्वाचनमा भन्दा यसपटककाे स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूकाे चर्चा बढी छ । महानगर तथा उपमहानगरमा समेत यसअगाडिकाे भन्दा फरक दृश्य देखा परेकाे छ ।

यसअगाडि स्वतन्त्र भन्ने उममेदवार प्रायः पार्टीबाट टिकट नपाएपछि उठ्ने गरेका हुन्थे, अन्यकाे खासै चर्चा हुँदैनथ्याे । यसपटक पटि पार्टीबाट असन्तुष्ट बनेर वा पार्टीबाट टिकट नपाएकाहरूले पनि उम्मेदवारी दिएर पालिका तहसम्ममा पनि जित हाँसिल गरेका छन् ।

तर काठमाण्डाै, धरान तथा धनगढीकाे भने अवस्था फरक छ ।

काठमाण्डाै महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहकाे अग्रता अपत्यारिलाे बन्दैछ, त्यस्तै धरानमा हर्क साम्पाङ, धनगढीमा गाेपाल हमालकाे उम्मेदवारी दलीय अावद्धता वेगर नै हाे ।

धनगढी उपमहानगरपालिकाकाे मेयरमा गाेपाल हमालकाे जित निश्चित भइसकेकाे छ ।

उपमहानगरपालिकामा जम्मा खसेकाे ६३ हजार ७ सय १५ मतमध्ये बिहानसम्म भएको ५१ हजार ६५ मतगणना हुँदा हमालले २२ हजार ५ सय ४१  मत प्राप्त गर्नुभएकाे छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट कांग्रेसका नृप वडले ११ हजार ५ सय ४४ मात्रै मत पाएका छन्। हमाल वडभन्दा १० हजार ९ सय ९७  मतले अगाडि भएकाले जित सुनिश्चत भएकाे हाे । अब धनगढीमा १२ हजार ६ सय ५० मत गन्न बाँकी छ।

हमालले वडभन्दा भारी मत प्राप्त गरिसकेकाले जित निश्चित भएको  छ। त्यस्तै धरानमा पनि हर्क साम्पाङकाे अग्रता बढिर हेकाे छ । सामाजिक मुद्दाहरू उठाउने हर्कप्रति जनताकाे अाकर्षण ठूला दलका लागि चुनाैति बनेकाे छ ।

४७ हजार ९५ मतगणना गर्दा साम्पाङले १५ हजार ७७ मत प्राप्त गर्नुभएकाे छ । जुन प्रतिस्पर्धीकाे भन्दा २ हजार ६६७ मले धेरै हाे ।

काठमाण्डाै महानगरपालिकाकाे मतगणनामा बालेन शाहले ३४ हजार १३० मत हाँसिल गर्नुभएकाे छ । प्रतिस्पर्धी भने निकै पछाडि रहेका छन् ।

Facebook Comments