सरकारमा रहनेले एमसिसीकाे पक्षमा मतदान गर्नुपर्छः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा रहेका दलहरूले अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्नुपर्ने बताउनुभएकाे छ ।

एमसिसीकाे विपक्षमा मतदान गर्ने भए नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छाड्नुपर्ने महामन्त्री थापाकाे धारणा रहेकाे छ ।

भरतपुर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सत्तारुढ दलले नै सरकारले संसदमा पेश गरेको एमसीसी सम्झौताको विपक्षमा मतदान गर्नु अनैतिक हुने टिप्पणी गर्नुभयाे ।

सरकारले संसदमा पेश गरेका प्रस्तावकाे विपक्षमा रहने अवस्थामा अहिलेकाे गठबन्धनको औचित्य नहरने महामन्त्री थापाकाे जिकीर थियाे ।

Facebook Comments