४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा २ सय ९९ जना र २ हजार ८ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७७ जना गरी ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा ८ सय ३१ जना कोरोना संक्रमणमुक्त भएकाे जनाएकाे छ । त्यस्तै पछिल्लाे २४ घण्टामा ३ जनाकाे मृत्यु भएकाे छ ।
Facebook Comments

