टी–२० विश्वकप: नेपालकाे यात्रामा लाग्याे विराम

टी–२० विश्वकपमा छनोटकाे सेमीफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित

नेपालको टी–२० विश्वकपकाे यात्रामा विराम लागेकाे छ । टी–२० विश्वकप छनोट खेलकाे सेमीफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित भएसँगै विश्वकप यात्रामा विराम लागेकाे हाे । छनाैट खेलमा समूह १ काे विजेता बनेकाे नेपाली टाेलीले सेमीफाइनलमा भने अपेक्षाकृत खेल्न सकेन ।

जसले गर्दा ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित पुग्याे ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेकाे हाे ।

युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाएकाे हाे ।

नेपालले ग्लोबल क्वालिफायरमा आफ्नो समूहको सबै खेल जितेर सेमिफाइनलमा पुगेको थियाे ।

नेपालले पहिलोपल्ट सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो । नेपाललाई हराएकाे युएई सन् २०२२ को अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट भएको छ ।

मंगलबार नै भएको अर्को सेमिफाइनलमा ओमानलाई ५६ रनले हराउँदै आयरल्याण्ड पनि विश्वकपका लागि छनोट भएको छ ।

Facebook Comments