भाइटीका कात्तिक १० गते, बिहान ११ः३७ मा उत्तम साइत

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरू भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गरेसँगै तिहार सुरू हुन्छ ।

तिहारका यमपञ्चकका हरेक दिनकाे महत्व उत्तिकै भएपनि दाजुभाइ तथा दिदीवहिनीहरूका लागि भाइटिकाकाे दिन महत्वपूर्ण हुने गर्दछ । यसपटककाे भाइटिका कात्तिक १० गते बिहीबार परेकाे छ । साे दिन बिहान ११ः३७ बजे भाइटीकाको लागि उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे छ ।

यद्यपि उक्त दिन जुनसुकै बेला टीका लगाउन सकिने हुँदा मध्यान्ह जतिबेला लगाए पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ। समितिका अनुसार बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानीलगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेको छ। बत्तीको उज्यालोले हरेक साँझ सहर झिलिमिलि हुने क्रम सुरू भइसकेकाे छ ।

तिहार फुलहरूकाे पर्व पनि हाे । यस पर्वमा फुलमालाकाे अत्याधिक प्रयाेग हुने गर्दछ ।

Facebook Comments