प्याराग्लाइडिङ उडान शनिबारदेखि खुल्ला
नवाैं राष्ट्रिय खेलकूद प्रतियाेगिताका क्रममा एक खेलाडीकाे प्याराग्लाइडिङका क्रममा मृत्यु भएपछि प्याराग्लाइडिङ उडानमा लगाइएकाे प्रतिवन्ध शनिबारदेखि हटेकाे छ ।
गत असोज ३० गते पोखरामा नवौं राष्ट्रिय खेलकुदको क्रकमा त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको प्याराग्लाइडिङ खेलकाे प्रतिस्पर्धा गर्ने क्रममा मृत्यु भएकाे थियाे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध लगाएकाे थियाे । घटनापछि प्याराग्लाइडिङ उडानलाई सुरक्षित र व्यवस्थित बनाउन प्राधिकरणले गत बुधबार उपमहानिर्देशक हंसराज पाण्डेकाे संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो। समितिले अध्ययन प्रतिवेदन बुझाँउदै विभिन्न ५ बुँदे शर्त राख्नुपर्ने सुझाव दिएकाे थियाे । साेही सुझाव अनुसार प्राधिकरणले ५ बुँदे शर्त सहित प्याराग्लाइडिङ शनिबारबाट खुला गर्ने निर्णय गरेको हो।
१. व्यावसायिक रूपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यवसायिक उडान मात्र गराउनुपर्ने ।
२. आगामी १५ दिनभित्र प्याराग्लाइडिङकाे लाइसेन्स भएका पाइलटले प्राधिकरणले तोकेको मेडिकल लेभल-२ र मनोवैज्ञानिक अवस्थाको समेत परीक्षण गर्नुपर्ने ।
३. उडानका क्रममा पाइलटहरूले कम्पनी एवं आफ्नाे नाम स्पष्ट देखिने पाेशाक (प्राधिकरणले ताेके अनुसार) लगाउनुपर्ने ।
४. व्यावसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको परीक्षण गराई योग्य ग्लाइडरहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिने।
५. पाइलटको ‘रिफ्रेसर एड्भान्स्ड ट्यान्डेम एस.आइ.भी’ तथा आपतकालीन अवस्थामा ‘ट्यान्डेम रेस्क्यु’ उपयोग गर्ने प्रयोगात्मक तालिम वर्षको एकपटक गर्ने।
माथि उल्लेखित शर्त पुरा गरेर प्याराग्लाइडिङ उडानका लागि व्यवसायीहरूले उडान गर्न पाउनेछन् ।

