जनप्रगतिशील मञ्च स्पेनद्वारा सहिद स्मृति विद्यालयमा आर्थिक सहयोग
नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च स्पेनले पोखरामा रहेको सहिद स्मृति विद्यालयमाआर्थिक सहयोग गरेको छ ।
पोखरा महानगरपालिका वडा नं १४ स्थित सहिद स्मृति आवासिय माध्यमिक विद्यालयमा एक कार्यक्रमकाबीच नेकपा माओवादी केन्द्रका युवा नेता एवं गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला र मञ्च स्पेन अध्यक्ष विशाल ढुङगानाले सहयाेग रकम हस्तान्तरण गर्नुभएकाे हाे ।
विद्यालयका प्रधानाध्यापक मोना गिरीलाई एक लाखपचास हजार नगद हस्तान्तरण गरिएकाे हाे ।
साे अवसरमा गण्डकी प्रदेशका सांसद एवं कार्यक्रमका प्रमुखअतिथि दीपक कोइरालाले देशबाहिर भएर पनि सहिद स्मृति विद्यालयलाई सम्झेर आर्थिक सहयोग गरेकोमा जनप्रगतिशील मञ्च स्पेनप्रतिआभार प्रकट गर्नुभयो ।
उहाँले आर्थिक सहयोगले विद्यालयमा जे आवश्यकता छ त्यसमै लगानी गर्न सहज हुने पनि जनाउनुभयो । उहाँले मञ्चले गरेको सहयोगबाट अन्य देशमा रहेका विभिन्न मञ्चहरुलाई पनि सहयोग गर्न उत्प्रेणा थप्ने विश्वास ब्यक्त गर्नुभयो ।
जनप्रगतिशील मञ्च स्पेनकाअध्यक्ष विशालढुङगानाले आफुहरुको सहयोग सहि ठाउँमा होस भन्ने उद्देश्यले सहिद स्मृति आवासीय विद्यालयमाआर्थिक सहयोग गरेको बताउनुभयो ।
परिवर्तनका लागि भएका आन्दोलनमा सहिद भएकाको छोराछोरीले अध्ययन गर्ने विद्यालयमा आफुहरुको सहयोगले थोरै भएपनि राहत हुने उहाँकाे विश्वास थियाे ।
२०६६ सालमा स्थापना भएको विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ भने अहिलेबाट प्राविधिक शिक्षा पनि शुरु भएको छ । विद्यालयका प्रअ मोना गिरीले स्पेनमा रहेर पनि सहिद स्मृति विद्यालयलाई सम्झेर सहयोग गरेकोमा खुशी ब्यक्त गर्दै सहयोग रकमको सहि ठाउँमा प्रयोग हुने बताउनुभयो ।
विद्यालयमा अध्ययन गर्ने ३ सय ३० जना विद्यार्थी मध्ये २ सय ३१ जना विद्यार्थी आवासीय रहेका छन् । अहिले खानेपानीको लागि युरोगार्ड र तातोपानीको लागि सोलार जडान आवश्यक प्रअ गिरीकाे भनाइ थियाे ।
कार्यक्रममा संविधान सभासदस्य एवं विद्यालय ब्यवस्थापन समितिका सदस्य तेज कुमारी पौडेल ,नेकपा माओवादी केन्द्र वडा नं १४ का अध्यक्ष शिवराज कंडेल ,विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

