मुल्यबृद्धि नियन्त्रणको माग गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेश

अखिल नेपाल राष्टिय उद्योग व्यापार संघले मुल्यबृद्धि नियन्त्रणको माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेको छ । संघले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष विभिन्न १० वटा माग प्रस्तुत गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा मुल्यबृद्धि नियन्त्रण, भष्टाचार नियन्त्रण, एक गाउँपालिका एक उत्पादन लगायतका कार्यक्रम लागू गर्नुपर्ने, स्वदेशमा नै रोजगारीको सिर्जना गर्नुपर्ने, कृषिको व्यवसायीकरण गर्नुपर्ने लगायतका माग रहेका छन् ।

Facebook Comments