माओवादी केन्द्रकाे दल नेता प्रचण्ड, प्रमुख सचेतकमा हितराज पाण्डे चयन

नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता पुष्पकमल दाहाल(प्रचण्ड) र प्रमुख सचेतकमा हितराज पाण्डेलाई चयन गरेकाे छ । राष्ट्रियसभामा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ दल नेता चयन हुनुभएकाे छ भने प्रमुख सचेतकमा गोपी अछामी र सचेतकमा गंगा बेलबासेलाई निरन्तरता दिइएकाे छ ।

दल नेता चयनसँगै सरकार गठनकाे प्रक्रियाकाे छलफलले समेत तीव्रता पाउने निश्चित छ । राष्ट्रपतिले दिएकाे समयसीमाभित्रै दलहरूले सरकार गठनकाे प्रयास गर्दैछन् ।

विद्यमान सत्ता गठबन्धनमा सरकारकाे नेतृत्वमा आलाे पालाे गर्नेमा सहमति भएपनि पहिला कस्ले सरकारकाे नेतृत्व गर्ने भन्नेमा सहमति भएकाे छैन् । नेपाली कांग्रेस र माओवादी केन्द्र दुवै दलले सरकारकाे नेतृत्वमा दावी गरेका छन् ।

नेपाली कांग्रेसकाे दल नेतामा शेरबहादुर देउवा, नेकपा एमालेकाे दल नेतामा केपी शर्मा ओली चयन भइसक्नुभएकाे छ ।

Facebook Comments