भरतपुरमा रेनु र पाेखरामा धनराजकाे जित सुनिश्चित

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालको जित सुनिश्चित भएको छ। त्यस्तै पाेखरामा पनि गठबन्धनकै उम्मेदवार धनराज अाचार्यकाे जित सुनिश्चित बनेकाे छ ।

भरतपुर महानगरकाे ९१२ मत गणना गर्न बाँकी हुँदा दाहाल १२ हजार तीन सय २३ मतले अगाडि भएकाले जित सुनिश्चित भएकाे हाे । भरतपुरकाे अहिलेसम्म एक लाख २६ हजार नौ सय ५७ मत गणना गरिसकिएको छ।

दाहालले ५१ हजार ६६६ मत ल्याउँदा नेकपा एमाले-राप्रपा गठबन्धनका उम्मेदवार एमाले नेता विजय सुवेदी ३९ हजार३४३ पाउनुभएकाे छ ।

चितवनमा कांग्रेसबाट असन्तुष्ट बनी स्वतन्त्र उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेलले अहिलेसम्म १४ हजार ७४१ मत प्राप्त गर्नुभएकाे छ ।

उपमेयर पनि सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ। अधिकारीकाे अहिलेसम्म ५२ हजार ४२१ मत छ भने एमाले-राप्रपा गठबन्धनबाट उपमेयरमा राप्रपाकी हिमला गुरुङले ३० हजार ४७७ मत प्राप्त गर्नुभएकाे छ ।

पोखरा महानगरपालिकाको मेयरमा जित सुनिश्चत गर्नुभएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ५६ हजार ४ सय ७१ मत ल्याउनुभएकाे छ ।

जुत प्रतिस्पर्धी उम्मेदवार एमालेका कृष्ण थापाकाे भन्दा ५ हजार २८६ ले बढी हाे अब गन्न बाँकी ५ हजार १५ मात्विरै बाँकी रहेकाले आचार्यकाे जित सुनिश्चित भएकाे हाे ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजय नजिक पुग्नुभएकाे छ । उपमेयरमा गुरुङ ४ हजार ३५ मतान्तरले अगाडि रहनुभएकाे छ । मतगणना भइरहेका पोखरा महानगरपालिका वडा नम्बर २२, ३२ र ३३ को आंशिक मत गणना गर्न बाँकी रहेको हो ।

मेयर पदमा राप्रपाका शंकर खरालले ५ हजार ५ सय ७९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार ९ सय ८६ मत प्राप्त गरेका छन् ।

गुरुङकाे ५८ हजार ५ सय ८२ मत ल्याउँदा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले गर्दा ५४ हजार ५ सय ४७ मत प्राप्त गर्नुभएकाे छ । उपमेयर पदमा राप्रपाकी रञ्जना सेन (रञ्जु)ले ५ हजार ५ सय ८१ मत प्राप्त गर्नुभएकाे छ ।

Facebook Comments