संसदकाे संयुक्त बैठकः सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
सरकारले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । मंगलबार बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
नीति तथा कार्यक्रममा अर्थतन्त्रमा देखिएकाे संकट मध्यनजर गर्नुपर्ने बाध्यता एकतिर छ भने अर्काे तर्फ संघ तथा प्रदेशकाे निर्वाचन यसै वर्ष हुने भएकाले केही लाेकप्रिय कार्यक्रम घाेषणा गर्नुपर्ने बाध्यता गठबन्धन सरकारसँगछ ।
आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम र बजेटमा आन्तरिक उत्पादन वृद्धिसहित आयात प्रतिस्थापन र चुनावमुखी लोकप्रिय कार्यक्रमहरु समावेश हुने निश्चित छ ।
आज पेश हुने सरकारकाे नीति तथा कार्यक्रमका आधारमा आगामी १५ जेठमा बजेट संसदमा पेश हुनेछ । जेठ १५ मा बजेट पेश गर्नुपर्ने संवैधानिक ब्यवस्था छ ।
नीति तथा कार्यक्रमलाई सरकारले अन्तिम रुप दिइसकेको छ । इन्धनमा लगातार भइरहेकाे भारी मुल्यबृद्धि कसरी सम्बाेधन हुन्छ भन्ने जनचासाेकाे बिषय बनेकाे छ । अर्थमन्त्रालय बजेट निर्माणकाे अन्तिम तयारीमा छ । महङ्गीले जनताकाे ढाडै सेकेकाे अवस्थामा बजेटले केही राहत दिन सक्छ कि जनता आशावादी छन् ।

