पाेखरा महानगरः स्थगित भएकाे मतगणना पूनः शुरू

पोखरा महानगरपालिकाकाे स्थगित भएकाे मतगणना पुनः सूचारू भएकाे छ । नेकपा एमालेले यसअघि पाेखरा महानगरपालिका वडा नम्बर-१८ मा पुनः मत गणनाको माग गरेपछि मतगणना स्थगित भएकाे थियाे ।

गएराती सम्पन्न मत गणनामा ३ मतले एमालेका वडाध्यक्षका उम्मेदवार पराजित भएपछि एमालेले पुनः मत गणनाको माग गरेको हो। साे वडामा मतगणनाका क्रममा मुचुल्कामा उल्लेख भएभन्दा ९ मत कम भएपछि एमाले उम्मेदवार पुष्कलबहादुर थापाले पुनः मत गणना गर्न माग गर्दै निवेदन दिनुभएको थियाे ।

एमालेले छलफल गरी निचाेड निकाल्ने शर्तमा मतगणना शुरू गर्न सहमत भएकाे एमाले पाेखरा महानगरका अध्यक्ष दिलिप न्याैपानेले उल्लेख गर्नुभएकाे छ ।

उक्त वडामा एमालेका उम्मेदवार थापाकाे १६४० र कांग्रेसका शिवप्रसाद तिमिल्सिनाकाे १६४३ मत रहेकाे थियाे ।

मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले मतगणना शुरू भएकाे जानकारी दिनुभयाे ।

Facebook Comments