काठमाण्डाैं महानगरद्वारा २५ अर्ब बढीकाे बजेट सार्वजनिक
देशभरका अधिकांश पालिकाहरूले बजेट सार्वजनिक गरेका छन् । काठमाण्डाै, भरतपुर, पोखरा सहित ६ वटै महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेका हुन् ।
संविधानमा असार १० गते स्थानीय तहकाे बजेट ल्याइने उल्लेख छ ।
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रूपैयाँको बजेट ल्याएको छ।
महानगर नगरसभाको एघारौं बैठकमा शुक्रबार उपमेयर सुनीता डंगोलले उक्त बजेट पेश गर्नुभयाे । काठमाडाैं महानगरले यसपटक वडामा जाने बजेट दाेब्बर बनाएकाे छ ।
सार्वजनिक विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने, फोहोरमैलालाई ऊर्जामा परिणत गर्ने, सार्वजनिक बस बिसौनीहरूमा परम्परागत ढाँचाको फल्चा निर्माण गर्ने, विभिन्न ठाउँमा दमकल स्टेसनहरू राख्ने, ज्येष्ठ नागरिकहरूका निम्ति घरघरमा स्वास्थ्य परीक्षणको सुविधा दिने, खेलकुद स्थलहरू निर्माण गर्ने लगायत कार्यक्रम बजेटमा समावेश छ ।

