थप ४८७ जनामा कोरोना संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा ४८७ जनामा कोरोना संक्रमण भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार ८ सय ६ पीसीआर परीक्षणमा २ सय ४२ र ३ हजार ३ सय ७१ एन्टीजेन परीक्षणमा २ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा जम्मा ४ हजार १ सय ७७ परीक्षण भएको थियो । सोही अवधिमा निको हुनेको संख्या भने १ सय ६४ रहेको छ ।
बुधबार कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । बुधबारसम्म सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ९८ रहेको छ ।
२४ घण्टामा ३९ हजार ४ सय ४८ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । पछिल्ला दिनमा काेराेना संक्रमितकाे संख्या बढिरहेकाे छ ।
Facebook Comments

