पाेखरा उद्याेग वाणिज्य संघकाे महाधिवेशनः पवन प्रजापती समुहको प्रचार अभियान सुरु
पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी अध्यक्ष तथा संघका वर्तमान वरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापतिको समुहले आज देखि चुनावी घरदैलो कार्यक्रम सुरु गरेको छ ।
अध्यक्षका प्रत्यासी प्रजापति, महासचिवका उम्मेदवार वलराम आचार्य सहित अन्य सदस्यहरुले पोखराको लामाचौरबाट घर दैलौ सुरु गरेका हुन् ।
घर दैलो कार्यक्रममा मतदाताहरु सगँ वोल्दै अध्यक्ष प्रत्यासी प्रजापतिले व्यावसायिक वातावरण निर्माण र उद्योगी/व्यवसायीहरुको सम्मान अभिवृद्धि आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयाे ।
उहाँले आफ्नो प्यानलमा सबैखाले व्यवसाय अंगालेका महिला तथा पुरुष व्यवसायी रहेकाले आफ्नो प्यानल समावेशी रहेको दावी गर्नु भयो ।
प्रजापतिले यही भाद्र २४ र २५ गते हुने संघको निर्वाचनका लागी भदौ ६ गते आफु र आफ्ना् प्यानलको नाम सार्वजनिक गर्नुभएको थियो ।
घरदैलो कार्यक्रम महासचिव पदका उम्मेदवार वलराम आचर्य लगाएत अन्य सदस्य पदका उम्मेदवारहरुले मतदाताहरुको प्रतिक्रिया सकारात्मक पाएको बताउनु भयाे ।

