गाेरखा १ मा राजेन्द्र बजगाईं निर्वाचित
गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी हुनुभएकाे छ । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेतलाई १६ हजार ६४३ काे फराकिलाे मत अन्तरले पराजित गर्दै बजगाईं विजयी हुनुभएकाे हाे ।
कुल ६० हजार २८२ मत खसेको मत मध्ये बजगाईंले ३३ हजार ४२८ मत ल्याउँदा बस्नेतले १६ हजार ७८५ मत मात्र प्राप्त गर्नुभयाे ।
२०७४ सालमा बस्नेतले प्रदेशसभामा बजगाईंलाई पराजित गर्नुभएकाे थियाे ।
गाेरखामा प्रदेशसभामा बाम लाेकतान्त्रिक गठबन्धनका तर्फबाट कृष्ण धिताल, नन्दु न्याैपाने, सुरेन्द्र पाण्डे र फणिन्द्र देवकाेटा विजयी हुनुभएकाे छ ।
Facebook Comments

