प्रतिनिधिसभाको बैठक बस्दै

अमेरिकी सहयोग परियोजना एमसिसीबारे दलहरूवीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक पनि प्रभावित बनिरहेकाे छ ।

एमसिसीबारे कार्यसूची तय भएर पनि बिहीबारकाे प्रतिनिधिसभाको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाकाे अनुराेधमा स्थगित गरिएकाे थियाे ।

शुक्रबार पनि एमसिसीबारे छलफलका लागि प्रतिनिधिसभाको बैठक बस्ने कार्यतालिका छ । तर दलहरूवीचका वार्तालाप निष्कर्षमा नपुगी संसद बैठक बस्ने नबस्ने अनिश्चित छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीका कारण सत्ता गठबन्धन धरापमा पुगेकाे छ । सरकारकाे नेतृत्व गरिरहेकाे दल कांग्रेसले प्रतिपक्षी दल नेकपा एमालेसँग एमसिसी पास गराउनका लागि छलफल गरिरहेकाे छ ।

कतिपयले एमाले र कांग्रेसवीच सहमति भइसकेकाे शंका गरेका छन् । एमालेका तर्फबाट एमसिसी फेल हुन नदिने वचन शेरबहादुर देउवाले प्राप्त गरिसकेकाे पनि बताइन्छ ।

पछिल्लो समय सरकार-नेपाली कांग्रेस र नेकपा एमाले, माओवादी र नेकपा एमालेबीच पनि पटकपटक छलफल र वार्ता भएको छ । तर, एमसिसीमा कुनै सहमति भने बनिसकेकाे छैन ।

एमसिसीका कारण सत्ता गठबन्धनमा दरार देखिएकाले एमालेले याे माैका प्रयाेग गरेर गठबन्धन भत्काउन कुनै कसर नराख्ने गरी प्रयत्न गर्ने निश्चित छ ।

Facebook Comments