चिनियाँ विदेशमन्त्री वाङकाे नेपाल भ्रमणः के छ प्राथमिकता

चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ नेपाल भ्रमणका लागि शुक्रबार काठमाडाैं आउने तालिका छन । वाङ तीन दिने नेपाल भ्रमणका लागि भारत हुँदै आज काठमाडौं आउन लाग्नुभएकाे हाे ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आउन लाग्नुभएका वाङ शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछिकाे पहिलो उच्चस्तरीय पाहुना समेत हुनुहुन्हुछ ।

वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यतालिका रहेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

वाङकाे भ्रमणका दाैरान नेपालले पूर्वाधार विकास परियोजनामा चिनियाँ सहयाेगका सम्बन्धमा छलफल गर्ने भएकाे छ । मुख्य गरी चीनले अगाडि सारेकाे बृहत पूर्वाधार विकास ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजनामा यसअघि नै नेपाल र चीनवीच समझदारी भइसकेकाे छ ।

सम्झाैता भएका पूर्वाधार विकास परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर छलफल गर्ने नेपाली पक्षकाे तयारी छ ।

Facebook Comments