स्थानीय तह निर्वाचनः देशैभरका स्थानीय तहमा उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचनका लागि देशैभरका स्थानीय तहमा उम्मेदवारी दर्ता भएकाे छ । पार्टीगत तथा स्वतन्त्र र पार्टीमा टिकट नपाएपछि असन्तुष्ट बनेकाहरूले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवार विरूद्ध उजुरी बैशाख १३ मा दिन सकिनेछ । त्यस्तै बैशाख १४ र १५ मा उम्मेदवारकाे मनाेनयन उपर जाँचबुझ गरी बैशाख १६ गते उम्मेदवारकाे अन्तिम सूची प्रकाशन गर्ने निर्वाचन अायाेगले जनाएकाे छ ।

यसैवीच डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष पदमा एक जनाको मात्र मनोनयन दर्ता भएको छ । काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै डोल्पाकै छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा पनि एकीकृत समाजवादीका उम्मेदवारको मात्र मनोनयन दर्ता भएकाे बताइएकाे छ ।

मुस्ताङकाे घरपझाेङ गाउपालिकामा वडाअध्यक्ष तथा अन्य सदस्यहरूमा १ १ जनाकाे मात्र उम्मेवारी परेकाे छ । उक्त वडामा अध्यक्षमा काङ्ग्रेसका आस बहादुर थकाली, सदस्यमा एकीकृत समाजबादिकी दुर्गा देबी रसाइली र सदस्यमै एमालेका चक्रसिह थकाली तथा दलित महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी जैकला बिककाे मात्र उम्मेदवारी परेकाे हाे ।

त्यस्तै मनाङकाे नेस्याङ गाउँपालिका -९ मा वडा अध्यक्ष चोल्पा गुरुङ लगायत सबै सदस्यहरु निर्विरोध निर्वाचित भएका छन।

Facebook Comments