नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

कांग्रेस निकट पत्रकारहरूकाे संस्था नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित हुनुभएकाे छ । प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत प्राप्त गर्दा लम्साल ७४५ मतका साथ विजयी हुनुभएकाे हाे ।

वरिष्ठ उपाध्यक्षमा प्रेम केसी ६८५ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी सरोज अधिकारीले ६६५ मत प्राप्त गर्नुभयाे ।

खुला उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा निर्वाचित हुनुभयाे भने महिला उपाध्यक्षमा सलोजा दाहाल, समावेशी उपाध्यक्षमा दिपेन्द्र वान्तवा चयन हुनुभएकाे छ ।

त्यस्तै भूगाेलतर्फ प्रदेश १ उपाध्यक्षमा डिल्लीराम खतिवडा, मधेशबाट अनिल कर्ण, बागमतीबाट डाक्टर मुरारी अधिकारी, गण्डकीबाट ऋषिकान्त पौडेल, लुम्बिनीबाट माधवप्रसाद अर्याल, कर्णालीबाट राजेन्द्रबहादुर कार्की, सुदूरपश्चिमबाट प्रेम चुनारा र काठमाडौं उपत्यकाबाट जीवन भण्डारी उपाध्यक्षमा निर्वाचित हुनुभएकाे छ ।

युनियनकाे महासचिवमा दिलीप पौडेल, खुला उपमहासचिवमा युवराज गौतम, कमल पन्त र रवीन्द्र सुवेदी, महिला उपमहासचिवमा सुलोचना गौतम र दिलिपाश्री अधिकारी,  समावेशी उपमहासचिवमा अभयकुमार राई, काेषाध्यक्षमा माधव धिताल निर्वाचित हुनुभएकाे छ ।

खुला सचिवमा केदारप्रसाद दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा र तीर्थराज बस्नेत, महिला सचिवमा मेनुका ढुंगाना, पुष्मा शर्मा र रेजिना गौतम, आदिवासी जनजाति सिचवमा लालकुमार मुक्तान, मधेशी सचिवमा अजित तिवारी, दलित सचिवमा राजन रुचाल, पिछडिएको सचिवमा एलपी देवकोटा, खस/आर्य सचिवमा युवराज रेग्मी, रेडियो सचिवमा नरहरि सापकोटा, छापा सचिवमा राधा खनाल निर्वाचित हुनुभएकाे निर्वाचन समितिले जनाएकाे छ ।

युनियनकाे महाधिवेशन हेटाैडामा भएकाे थियाे ।

Facebook Comments