अल्फाविटामा महानगरकाे डाेजर, अवैध संरचना आफैं हटाइदिन आग्रह

काठमाण्डाै महानगरपालिकाले अवैध संरचना सम्बन्धित धनी आफैंले बुझेर हटाइदिन अनुराेध गरेकाे छ ।

विहीबार अल्फाविटा कम्प्लेशमा अवैध संरचना हटाउने क्रममा संचालकले महानगरपालिकासँग नक्सा माग गरेपछि मेयर बालेनले अफिस गएर नक्सा र डाेजर लिएर गएकाे भन्दै सामाजिक सञ्जालमा पाेष्ट गर्नुभएकाे छ ।

बालेनले समाजिक सञ्जालमा लेख्नुभएकाे छ ।

‘उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो ।

मैले अफिस गएर नक्सा र डोजर लिएर गए ।

मैले के बिराए ।

अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहि अनुसार बनाइ दिनु होला ।’

Facebook Comments