युक्रेनकाे राजधानी किभमा दर्जनाै बिस्फाेट

रसियाले युक्रेनमाथि गरेकाे सैन्य आक्रमणकाे क्रममा राजधानी किभमा दर्जनाै बिस्फाेट भएका छन् । पछिल्लाे समयमा राजधानी किभमा भिडन्त भइरहेकाले नागरिकलाइ बाहिर ननिस्कन र सुरक्षित रूपमा सेल्टरमा बस्न भनिएकाे छ ।

युक्रेनले अहिलेसम्म सर्वसाधरण नागरिक र सेना गरी १३७ जना काे मृत्यु भएकाे उल्लेख गरेकाे छ ।

रूसतर्फ पनि हेलिकप्टर, सैन्य बख्तरबन्द गाडी ध्वस्त हुनुका साथै दर्जनाै रूसी सेनाकाे पनि मृत्यु भएकाे युक्रेनकाे दावी छ । रूसकाे आक्रमण जारी रहेकाले क्षति विवरणकाे स्वतन्त्र पुष्टी हुन सकेकाे छैन ।

यसैवीच युक्रेनका राष्ट्रपति भोलोदिमिरले जेलेन्स्की हतियार चाहने जोकोही नागरिकालाई पनि हतियार उपलब्ध गराइने बताउनुभएकाे छ ।

साथै उपराष्ट्रपति, प्रधानमन्त्री सहित सरकारी अधिकारी समेतलाइ राखेर सामाजिक सञ्जालमा सेल्फी भिडियाे सार्वजनिक गर्दै जेलेन्स्कीले आफूहरू रूसी आक्रमणकाे एकसाथ डटेर सामना गरिरहेकाे उल्लेख गर्नुभएकाे छ ।

युक्रेनी सेना, आम युक्रेनी नागरिकहरूकाे साथमा रूसी आक्रमण विफल बनाउने समेत जेलेन्स्कीले उल्लेख गर्नुभएकाे छ ।

युक्रेनी सञ्चारमाध्यमका अनुसार रुसले युक्रेनमा सैन्य आक्रमण सुरु गरेसँगै हतियार चलाउन सक्ने जोकोहीलाई पनि हतियार उपलब्ध गराउने निर्णय भइसकेकाे छ ।

साेही निर्णयपछि एक महिला विधायकले हतियार सहितकाे फाेटाे सार्वजनिक गर्दै रूसी सेना आएमा कसरी निशाना लगाउनुपर्छ थाहा भएकाे भन्दै ट्वीट गरेकी छन् ।

रूसले युक्रेनकाे राजधानी किभमा आक्रमणकाे निशाना बनाएकाे छ । जेलेन्स्कीले पश्चिमा राष्ट्रकाे उक्साहटमा लागेकाे भन्दै रूस क्रुद्ध बनेकाे छ । जेलेन्स्कीकाे सत्ता च्यूत गर्ने अभियानमा रूसी राष्ट्रपति पुटिनकाे चाहना छ ।

रुससँगको तनाव बढेसँगै केही सातायता युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने अमेरिका, नेटाे तथा युराेपेली मुलुकले अन्तिम अवस्थामा युक्रेनलाइ एक्लै छाडेर भागेकाे आराेप लगाउनुभएकाे छ । उहाँलेआमनागरिक तथा पूर्व सुरक्षाकर्मीहरुकाे सहयाेगमा याे लडाईं लड्ने, युक्रेन नछाड्ने बताउनुभएकाे छ ।

युक्रेनमाथि रुसले गरेको सैन्य आक्रमणको विश्वव्यापी विराेध भएकाे छ । तर रूसले त्यसकाे वास्ता गरेकाे छैन । रूसले संयुक्त राष्ट्रसंघमा पनि भिटाे प्रयाेग गरी निन्दा प्रस्ताव असफल बनाएकाे छ ।

पछिल्लाे पटक रुसले युक्रेनका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र आक्रमण पनि सुरु गरिसकेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले युक्रेनकाे राजधानी किभमा अत्याधिक बिस्फाेट भइरहेकाे जनाएका छन् ।

Facebook Comments