प्राप्त उपलब्धि उल्ट्याउन खाेजिंदैछः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्मका बिभिन्न आन्दोलनकाे जगमा प्राप्त भएका उपलब्धि खाेस्ने या उल्ट्याउने प्रयास भइरहेकाे बताउनुभएकाे छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रचण्डले माओवादीकाे नेतृत्वमा भएकाे जनयुझकाे बलमा हाँसिल भएका उपलब्धि खोस्ने प्रयास भएको बताउनुभएकाे हाे ।

उहाँले माओवादीकै कारण आएको उपलब्धि खोस्ने प्रयास गरिए ‘कलरफुल रिभुलेशन’ गर्ने चेतावनी समेत दिनुभयाे ।

अध्यक्ष प्रचण्डले सबै जातजाति, धर्म, सँस्कृति, भाषा-भाषीहरुलाई दिएका अधिकार खोस्ने अवस्था देखिएमा माओवादी अर्को आन्दोलनका लागि तयार रहेको बताउनुभयाे । यद्यपि त्यो आन्दोलन हतियारसहितको नभइ कलरफुल रिभुलेसन हुने प्रचण्डकाे कथन थियाे । रंगीन क्रान्ति हातहतियार बिनै गर्न सकिने यहाँकाे भनाइ छ।

जनयुद्धको थालनी र पहिलो तालिम गोरखाबाटै सुरु भएकाे स्मरण गर्दै अध्यक्ष प्रचण्डले २०६४ सालकाे जस्तै रेकर्ड चुनावमा दोहोर्‍याउन गोरखाबासीलाई अपिल गर्नुभयाे ।

Facebook Comments