२१ जनामा काेराेना संक्रमण
पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभरका प्रयोगशालाहरुमा ३ हजार ६२८ जनाको नमुना परीक्षण गरिएकाेमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले २ हजार २५ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा र १ हजार ६ सय ३ जनाको एन्टिजेटन परीक्षण गर्दा ७ जनामा संक्रमण पाइएकाे उल्लेख गरेकाे छ ।
पछिल्लो २४ घण्टामा १३ जना संक्रमण मुक्त भएका छन् भने मुलुकभर १ सय २९ जना सक्रिय संक्रमित रहेका छन् ।
सरकारले काेराेना खाेपकाे बुष्टर डाेज खाेप अभियान सञ्चालन गरिरहेकाे छ ।
Facebook Comments

