समानुपातिक मतगणनामा एमाले अध्यक्ष ओलीकाे आशंका

नेकपा एमालेले समानुपातिक मतगणनाप्रति आशंका व्यक्त गरेकाे छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक मतगणनामा शंका व्यक्त गर्नुभएकाे हाे ।

उहाँले समानुपातिक तर्फकाे मतगणनाकाे सार्वजनिक भएकाे पछिल्लाे मतपरिणामले केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिएकाे उल्लेख गर्नुभएकाे छ ।

साथै उहाँले मतदानस्थलमा रहेका एमाले प्रतिनिधिलाइ समेच हुन अनुराेध गर्नुभएकाे छ । शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष ओलीले सुरू देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिएकाे बताउनुभएकाे हाे । यद्यपि ओलीले कुन पार्टीमा त्यस्ताे गरिएकाे भन्ने खुलाउनुभएकाे छैन ।

Facebook Comments