‘लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२२’को उपाधि मञ्जु डोटेललाई

‘लेटमिइन मिसेस व्यूटी क्वीन २०२२’को उपाधि मञ्जु डोटेललाई, सिंह र लामिछाने क्रमशः फष्ट र सेकेन्ड रनर अप

काठमाडौँमा भएको ‘लेट मि इन मिसेस व्यूटी क्वीन २०७८’ को उपाधि काठमाडौँको गोठाटारकी मन्जु डोटेलले हात पार्नुभएको छ ।

सिजन मिडियाद्धारा शनिबार आयोजित समरोहमा बाह्र प्रतियोगीलाई पछि पार्दै डोटेलले उपाधि लिन सफल हुनुभएको हो । उहाँले पपुलर र मल्टिमिडिया अवार्डसमेत जित्नु भएको छ ।

काठमाडौँको नाचघरमा भएको फाइनल प्रतिष्पर्धामा धनगढीकी निरु सिंह फष्ट रनर अप र पोखराकी दुर्गा लामिछाने सेकेण्ड रनर अप हुन सफल हुनुभयो ।

प्रतियोगितामा सावित्री पाण्डे र सीता पाण्डे क्रमश थर्ड र फोर्थ रनर अप हुन सफल हुनुभयो भने मिना महर्जनले अर्गनाइजर च्वाइस अवार्डको उपाधि प्राप्त गर्नुभएको छ ।

अन्तिम प्रतिष्पर्धामा निरु सिंहले मिसेस इलिगेन्स , सविता पोखरेलले मिसेस व्यूटिफुल स्किन, सावित्री पाण्डेले मिसेस  भ्युअर च्वाइस, सुमिता तामाङ गुरुंगले मिसेस इनोसेन्ट, दुर्गा लामिछाने मिसेस  इन्टेलिजेन्स अवार्ड प्राप्त गर्नुभयो ।

यस्तै सविना आले मगरले मिसेस फेसनेवल, रुपा परियारले मिसेस मोष्ट ट्यालेन्टेड, सुमित्रा पराजुलीले मिसेस डिसिप्लिन, सीता पाण्डेले मिसेस वेष्ट वाक, प्रेरणा सिंजापति बरालले मिसेस फोटोग्राफिक, मिना श्रेष्ठले वेष्ट पर्सनालिटी अवार्ड प्राप्त गर्नुभएको छ ।

कुल २० प्रतिष्पर्धीमध्येबाट छनोट भएर आएका १२ जना अन्तिम प्रतिष्पर्धामा सहभागि हुनुभएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो । फागुनमा १५ बाट शुरु भएको प्रतियोगिताको यो पाँचौँ संस्करण हो ।

उहाँले महिलाको प्रतिभालाई उजागर गर्दै उनीहरुको आत्मविश्वास बढाउनका लागि कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

Facebook Comments