बिलासिताका सामान भित्र्याउन रोक

सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउन रोक लगाएको छ । बैशाख १३ गतेसम्म प्रक्रिया पुगेका बाहेक अन्यले अब असार मसान्तसम्मका लागि ती सामन ल्याउन पाउनेछैनन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर ६ सय डलर भन्दा माथि मुल्य पर्ने माेवाइल, २५० सिसी भन्दा माथिका माेटरसाइकल, कुरकुरे, लेज, चुराेट तथा सुर्तीजन्य पदार्थ ल्याउन राेक लगाएकाे हाे ।

आयातमा रोक लगाइएका सामान

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा

३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)

४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)

५. मोबाइल सेट ६ सय डलर भन्दा माथि मुल्य पर्ने

६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)

७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौनाहरु

१०. खेल्ने तास

Facebook Comments