अनुदान नपाएको २०७२ सालको भूकम्प पीडित लाभग्राहीकाे गुनासो

पोखरा महानगरपालिकामा २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पका कारण घर भत्किएका लाभग्राहीले सरकारले उपलब्ध गराएको अनुदान अझै नपाएको गुनासो गरेका छन् ।

राष्ट्रिय पुन:निर्माण प्राधिकरण मार्फत् सरकारले भूकम्प पीडितहरुलाई अनुदान रकम उपलब्ध गराएको थियो । प्राधिकरणको कार्यकाल गत बर्षको पौषमा सकिएपछि पुन: निर्माणका बाँकी काम स्थानीय तहलाई जिम्मा लगाएको थियो ।

पोखरा महानगरपालिका वडा नं. २८ का ३२ घरधुरीका तर्फबाट पोखरा महानगरपालिका समक्ष अनुदान रकम उपलब्ध गराउन माग गरिएको छ ।

भूकम्पले घरहरु पूर्ण क्षति भएपनि सर्वेका क्रममा छुटेको र पुन: सर्वे गराउने क्रममा भएको ढिला सुस्तीका कारण पीडितहरुले अनुदान रकम पाउन नसकेको उनीहरुको गुनासो छ ।

पुन: निर्माण प्राधिकरणले सर्वेक्षण गरेका र निर्माण सम्पन्न भएका घरहरुको बाँकी किस्ता अनुदान रकम निकासा तथा स्थानीय तहले जिम्मा लिएपछि सम्झौता भई निर्माण भएका घरहरुको पनि आवश्यक नापजाँच गरी अनुदान रकम उपलब्ध गराउनुपर्ने पीडितहरुको माग रहेको छ ।

Facebook Comments