एमसीसी संसदबाट पास गरेकाे विराेधमा बन्द

संसदबाट एमसीसी अनुमाेदन भएसँगै बिभिन्न ६ वटा कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले आह्वान गरेको बन्दको प्रभाव केही शहरहरूमा देखिएकाे छ । विशेष गरी बन्दकाे प्रभाव शैक्षिक संस्थामा देखिएकाे छ ।  

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितको कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संसदले आइतबार एमसीसी पारित गरेको भन्दै सोमबार नेपाल बन्दको घोषणा गरेका हुन्।

नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानीक समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले संयुक्त रूपमा नेपाल बन्द आह्वान गरेका हुन्। 

बन्द घोषणाका कारण बिहानैदेखि सडकमा सवारी साधन कम मात्रामा चलेका छन्।

उनीहरूले एमसिसी सम्झौतामा उल्लेख गरिएका कतिपय बुँदाहरु  राष्ट्रघाती भएको आरोप लगाएका छन् ।

Facebook Comments