एक्लै लडेर प्रधानमन्त्री चुनिन ओलीलाई पुचण्डकाे चुनाैती

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै निर्वाचन लडेर प्रधानमन्त्री चुनिन चुनाैती दिनुभएकाे छ ।

शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा बोल्दै प्रचण्डले ओलीलाई कुनै पनि दलको सहयोगबिना प्रधानमन्त्री भएर देखाउन चुनौती दिनुभएकाे हाे ।  

यसअघि दुबै पटक माओवादी केन्द्रकै सहयाेगमा उहाँकै शव्दमा बैशाखी टेकेर ओली प्रधानमन्त्री बन्न सफल भएकाे अध्यक्ष प्रचण्डकाे जिकीर थियाे ।

केपी शर्मा ओली एक पटक पनि माओवादी केन्द्रको सहयोगबिना प्रधानमन्त्री नभएको दाबी गर्दै प्रचण्डले अबकाे निर्वाचनमा एमाले एक्लै लडेर प्रधानमन्त्री बनेमा आफूले मान्ने भन्दै यस्ताे चुनाैती दिनुभयाे ।

संघमा रहेकाे २ तिहाइकाे सरकार, प्रदेश सरकार गुमाएर अनि स्थानीय निर्वाचनपछि अलिकति रियलाइजेसन भयाे हाेला भन्ठाने पनि त्यसाे हुन नसकेकाे उहाँकाे भनाइ थियाे ।

नेकपा छँदा एक्लै चल्न खाेज्दा अनि संविधान विपरीत संसद विघटन गरेका कारणा ओलीले सरकार छाड्नुपरेकाे प्रचण्डकाे टिप्पणी थियाे ।

Facebook Comments