जसपा संसदीय दलकाे नेतामा रामसहायप्रसाद यादव निर्विराेध चयन
जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव चयन हुनुभएकाे छ । दलकाे नेतामा दाबी गरेका अन्य नेताहरू पछि हटेपछि यादव निर्विरोध जसपा संसदीय दलकाे नेता चयन हुनुभएकाे हाे ।
पार्टी अध्यक्ष अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्र रामसहायप्रसाद बारा २ बाट प्रतिनिनिधसभामा निर्वाचित हुनुभएकाे थियाे ।
जसपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा रहेको अहिलेको सरकारलाई समर्थन गरेकाे छ । सरकारमा सहभागी हुने नहुनेबारे भने अहिलेसम्म निर्णय गरेकाे छैन ।
Facebook Comments

