वागी उम्मेदवारी फिर्ता लिन कांग्रेसकाे निर्देशन, नलिए पार्टीबाट निष्कासन

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा वागी उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता नलिए कार्वाही गर्ने भएकाे छ ।

वागी उम्मेदवारी फिर्ता लिन कांग्रेसकाे केन्द्रीय कार्यालयले निर्देशन दिएको छ । यदि फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निस्कासित हुने केन्द्रीय कार्यालयले जारी गरेकाे सूचनामा उल्लेख छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध वागी उम्मेदवारी दिएको भए आज शुक्रबार ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरिएकाे छ ।

Facebook Comments