तारा एअरकाे जहाज खाेजी कार्य स्थगित, भाेली विहान पुनः खाेजिने

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज मुस्ताङकाे लेतेमाथि दुर्घटना भएकाे आशंका गरिएकाे छ । मानापाथी हिमालकाे फेदीमा जहाज दुर्घटना भएकाे स्थानीयले बताएकाे भनिएपनि अहिलेसम्म जहाज भेटिएकाे छैन ।

जहाजकाे खाेजीमा रहेकाे नेपाली सेनाकाे टाेलीले रात परेकाले आजका लागि उद्दार गर्ने काम स्थगित गरेको छ। साेमबार बिहानैदेखि पुनः खोजी तथा उद्धार गर्न खटिने नेपाली सेनाले जनाएकाे छ ।

टोली जहाँसम्म पुगेको छ त्यही उपयुक्त ठाउँ खोजेर बास बस्ने र भाेली बिहानै खाेजी कार्यमा लाग्ने बताइएकाे छ ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ। तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएकाे हाे ।

जहाज अनुभवी क्याप्टेन प्रभाकर घिमिरेकाे नेतृत्लेवमा उडेकाे थियाे । जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु रहेकाे तारा एअरले जनाएकाे छ ।

Facebook Comments