बजेट प्रकरणः संसदीय छानबिन सम्पन्न, अर्थमन्त्री शर्मामाथिकाे आरोप पुष्टि हुन सकेन

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएकाे छ । प्रतिवेदनमा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको बिषयमा निष्कर्ष दिन भने संसदीय समिति असमर्थ बनेकाे छ ।

प्रतिपक्षी दल नेकपा एमाले, सत्ता पक्षका सांसद, नागरिक समाज तथा सञ्चार माध्यममा समेत अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको आरोप लगाएपछि अर्थमन्त्रीले राजीनामा नै दिनुपरेकाे थियाे ।

छानबिनपछि भने शर्मामाथिकाे उक्त आरोप पुष्टि भने हुन सकेन । यद्यपि प्रतिपक्षी एमालेका सांसदले भने समितिकाे निष्कर्षप्रति फरक मत राखेका छन।

यसैवीच समिति संयोजक लक्ष्मणलाल कर्णले शुक्रबार प्रतिनिधि सभा बैठकमा उक्त प्रतिवेदन पेश गर्नुभएकाे छ । प्रतिवेदन संसदमा पेश गर्नुअघि सभामुख अग्निप्रसाद सापकोटालाई हस्तान्तरण पनि गरिएको थियो।

अनधिकृत व्यक्तिले करका दर हेरफेरको आरोप लागेपछि अर्थमन्त्री शर्माले असार २२ मा पदबाट राजीनामा दिनुभएकाे थियाे । समितिले बजेट भाषणको अघिल्लो दिन अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा गएको पुष्टि नभएको निष्कर्ष निकालेको छ।

यसैवीच सत्ता पक्षीय नेताहरूले भने जनार्दन शर्मामाथिकाे आरोप पुष्टि नभएकाे जिकीर गरेका छन् ।

Facebook Comments