गण्डकी प्रदेश सभा सदस्यहरुकाे शपथ ग्रहण हुँदै

मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्यहरुकाे पद तथा गोपनीयताको शपथ ग्रहणकाे कार्यक्रम विहीबारका लागि तय भएकाे छ ।

विहीबार दिउँसाे १ बजेका लागि पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराइनेछ । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने कार्यक्रम तय भएकाे छ ।

पर्वतको प्रदेश सभा २ बाट निर्वाचित प्रदेस सभाका ज्येष्ठ सदस्य ६५ वर्षीय बस्यालले बुधबार नै सपथ लिइसक्नुभएकाे छ ।

६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट रहेकाे छ । प्रदेस सभाकाे अधिवेशन पुस १८ गते आह्वान गरिएकाे छ ।

Facebook Comments